एमसीसी विरुद्ध आज पनि बानेश्वरमा प्रदर्शन

काठमाडौं– अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको विरोधमा शुक्रबार पनि प्रदर्शन भएको छ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा, विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन्। 

एमसीसीका विपक्षमा रहेका अन्य राजनीतिक संगठन पनि प्रदर्शनमा सहभागी छन्। यसअघि बुधबार पनि नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर एमसीसीविरुद्ध प्रदर्शन गरिएको थियो।

एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धनभित्र मतभेद छ। कांग्रेस उक्त सम्झौता संसद्‌बाट अनुमोदन गराउने पक्षमा छ भने माओवादी, एकीकृत समाजवादी र जसपा लगायतका दलहरू टेबल हुनै नदिने पक्षमा छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा