स्थानीय तहको निर्वाचन जेठ ४ गते गरौं – प्रधानमन्त्री देउवाले

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी  जेठ ४ गते गर्ने गरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। 

मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्नु नै उपयुक्त हुने भन्दै प्रस्ताव गरेका हुन्। 

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाको प्रस्तावमा निर्वाचन आयोगका पदाधिकारीहरु पनि सकारात्मक देखिएका छन्। 

‘स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो। निर्वाचन आयोगका पदाधिकारी ज्यूहरुले पनि त्यसमा सकारात्मक जवाफ दिनुयभो,’ प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले भने। 

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि देउवाले निर्वाचनको मिति तोक्ने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरेका छन्।   

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा