वर्षासँग आर्यनको ‘स्वतन्त्र मन’

काठमाडौं– गायक उदितनारायण झाको स्वरमा रहेको गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ ।

भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् । गीतमा राजन इशानको संगीत संयोजन छ ।

बिजेश र राजनले निर्देशन गरेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, बिजेशको सम्पादन र कलर छ ।

भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा