कोबिड १९ को संक्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेशका लागिद यस अघि जारी गरेको प्रवेश पास खारेज गरेको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यसअघि विभिन्न मन्त्रालय, आयोग तथा निकायहरुबाट जारी भएको प्रवेश पास खारेज भएको जनाएको हो । अत्यवश्यक सेवाको हकमा भने गृहमन्त्रालयको सहमति नयाँ पास सम्बन्धीत निकायले नै जारी गर्न सक्ने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । सुचना विभागको प्रेस पास भएका संचारकर्मी र फोहोर व्यवस्थापनमा खटिनेहरुका लागि भने पुरानै पासले काम गर्नेछ ।
सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज
Previous article
Next article
