महाधिवेशन तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

दसौं राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

आज अपरान्ह ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।

उक्त महाधिवेशन तयारी तथा ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नेबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा