काठमाडौं– बालबालिका लक्षित गायक रियालटी शो ‘द भ्वाइस किड्स’ आज (शुक्रबार)बाट प्रसारण हुँदै छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन लागेको हो। कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुनेछ।
६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी रहेको कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट सार्वजनिक हुँदै छ। २० भागसम्म प्रसारण हुने कार्यक्रममा ब्लाइण्ड अडिसनपछि बेटल अडिसन हुँदै दर्शकको भोटको आधारमा प्रथम छानिनेछ।

भ्वाइसमा कोचको रुपमा रहेका राजु र प्रमोद भ्वाइस किड्समा पनि देखिएका छन् भने मिलन र प्रविशा भने पहिलो पटक कोचको रुपमा कार्यक्रममा देखिन लागेका हुन्।