बुधबारका लागि प्रधानन्यायाधीश राणाले तोके संवैधानिक सहितका ११ इजलास

काठमाडौं- पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारको पेसी तोकेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका छन्।  उनले आफूसहति पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका हुन्। राणाले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन्। त्यस्तै राणाले आफ्नो एकल इजलास तोकेका छन्। 

अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र  प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई,  वमकुमार श्रेष्ठ र कुमार चुडाल , टंकबहादुर मोक्तान र कुमार रेग्मी त्यस्तै प्रधानन्यायाधीश राणाले प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकेका छन्।

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्। राणा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न पुगेका न्यायाधीशहरुलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ राणाले दिएका थिए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा