इन्डोनेसियामा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ : इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित ८ जनाको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।

म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।

विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाएको छ । सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेलिकोप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताउनु भएको छ ।

यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो । 

गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य बोकेको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको थियो ।

यस अघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा