कुलमानप्रति आशिकाको आक्रोश : उपसभापति भएको मान्छे पार्टीको सदस्य होइन भन्न दिन्छ ?

काठमाडौं : सामाजिक अभियन्ता आशिका तामाङले ‘अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको’ भन्ने ऊर्जामन्त्री कुलमान घिसिङको भनाईप्रति प्रतिवाद गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग एकता सहमति गरिसकेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानले आफू कुनै पनि पार्टीको सदस्य नभएको भनेपछि आशिकाले कडा आलोचना गरेकी छन्।

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीको उपसभापति भाुको मान्छे आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ ?’

राजनीतिक दलमा संलग्न भएका मन्त्रीहरूलाई अन्तरिम नागरिक सरकारबाट बाहिरिन दबाब बढिरहेका बेला ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको जिकिर गरेपछि व्यापक आलोचना भइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा