चुनावमा उम्मेदवार बन्नेबारे निर्णय गरेको छैन : मन्त्री खरेल

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा भइरहेका बेला मन्त्री खरेलले अहिलेसम्म सो विषयमा कुनै निर्णय नलिएको बताएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको पनि बताए।

उनले भने, ‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु, मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन। दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु, म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन। वार्ता वा छलफल गरेको छैन।’

उनले आफूले कसैलाई आउँछु वा जान्छु भनेर केही नबोलेको उल्लेख गरे। ‘आउँछु पनि भनेको छैन। जान्छु भनेको छैन। मैले केही पनि भनेको छैन। र, मेरो अहिले सम्पूर्ण ध्यान चुनाव गराउन रहेको छ,’ उनले भने।

आफूले निर्वाचनका लागि कुनै पनि पार्टीसँग छलफल नगरेको विषयमा सञ्चारमाध्यममा फरक समाचार आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा