आयोगद्वारा केपी ओलीलाई बयानका लागि पत्राचार

काठमाडौँ : जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

ओलीले यसअघि सार्वजनिक रूपमै बयान दिन नजाने भन्दै प्रतिवाद गर्दै आएका थिए । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्राचार गरेको हो ।

आयोगले लेखकसँगै सुरक्षा निकायका प्रमुखहरू र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ।

सरकारले असोज ६ मा कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीसँग बयान लिएको छ ।

आयोगले भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओलीसँग आज बयान लिएको हो । पूर्वप्रधानमन्त्री ओलीसँग बयान लिइएको आयोगकी सदस्य लिली थापाले जानकारी दिइन्।

आयोगले जेनजी पुस्ताको आन्दोलनका सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा