ओलीलाई बयानका लागि आज पत्र काट्दै जाँचबुझ आयोग

काठमाडौं : भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि शुक्रबार साँझसम्म पत्र काट्ने भएको छ । विहिबार अध्यक्ष गौरीबहादुर कार्कीले केपी शर्मा ओलीलाई बयानका लागि बोलाउन लागिएको बताएका थिए । आयोगस्रोतका अनुसार शुक्रबार साँझसम्म ओलीकोमा पत्र पुग्नेछ ।

आयोगले शुक्रबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। आयोगले उनीहरूलाई दुवैजनालाई २३ र २४ को घटनासँग सम्बन्धित लिखित प्रश्न पठाएको आयोग पठाएको हो ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकाएको छ । आयोगले सोमबार र बुधबार गरी दुई दिन उनको बयान लिएको हो । बयान सकिएसँगै बिहीबारदेखि उनको स्थानहद हटाइएको छ ।

ओलीले जाँचबुझ आयोगलाई नै अवैधानिक भन्दै बयान नदिने बताएका छन्। एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि एक अन्तर्वार्तामा ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको उल्लेख गरे । ओलीले भनेका छन्, ‘ बयान दिन मानेन भने गोली ठोके हुन्छ नि १ यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने।। । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली १ उहाँहरूसँग छ नि त बन्दुक, के सानातिना कुरा गरिराख्या रु भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।’

आयोगले तात्कालीन गृहमन्त्री सहित तात्कालिन मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान लिइसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा