काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने अधिकांश पदाधिकारी पदमा पनि ओली पक्षकै उम्मेदवारहरू निर्वाचित भएका छन् ।
एमालेको १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै पदमा ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्।
मतपरिणामअनुसार उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गरे भने उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत हासिल गरेका छन् ।

