काठमाडौं : निर्वाचन आयोगले समयमै आय–व्यव विवरण नबुझाउने सात वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार स्पष्टीकरणमा दल दर्ता किन खारेज नगर्ने ? भनेर सोधिएको छ
आयोगका अनुसार लगातार तीन आर्थिक वर्षसम्म आय–व्यय विवरण नबुझाउने दलहरूलाई यस्तो स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिएका पाँच वटा दलले तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् भने दुई वटा राजनीतिक दलले लगातार चार वर्षसम्म लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), शिव सेना नेपाल र नेपाल समाजवादी पार्टीलाई आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

