समय घर्किएपछि राजेन्द्र गौतमले लिए उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता 

काठमाडौं : नेकपा (एमाले) को उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै उपमहासचिवमा उम्मेदवारी दिएका गौतमले उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि आफूले फिर्ता लिएको घोषणा गरेका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा भने उनको नाम छ।

सचिव पदका आकांक्षी उनले यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै सीमित गरेको भन्दै उपमहासचिव पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।

गौतमले उम्मेदवारी फिर्ता लिएसँगै अब उपमहासचिव पदमा ६ उम्मेदवार मात्र कायम भएका छन्।

अब ३ उपमहासचिव पदका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी गरी ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा