प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु

काठमाडौँ : बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु भएको छ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु गरिएको भेलाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा हुने भएको छ।

नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी त्यागेर प्रगतिशील लोकतान्त्रिक अभियान घोषणा गरेका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारबीच एकता गर्न तयारी गरिएको हो।

पार्टीको नेतृत्व युवालाई सुम्पने तयारी छ । पार्टीको नेतृत्व सामूहिक हुने नेताहरूले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा