काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बुधबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् ।
भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलगायतको विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

