नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा व्याप्त नकारात्मक सोच र धारणाले देश निर्माणमा बाधा पुर्‍याइरहेको बताएकी छन् । नेपाली जनसम्पर्क समिति जापानले टोकियोमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले केही हुँदैन, सम्भव छैन भन्ने प्रवृत्तिले समाज र राष्ट्रको विकास अवरुद्ध हुने स्पष्ट पारिन् ।

उनले राजनीतिक दलदेखि विदेशमा रहेका नेपालीसम्ममा समेत यस्तो सोच देखिने उल्लेख गर्दै सकारात्मक सोच र अभिव्यक्तिको खाँचो औंल्याइन् । ‘समाजमा राम्रा काम पनि भएका छन्, तर ती न त देखिन्छन्, न त मूल्याङ्कन हुन्छ,’ मन्त्री राणाले भनिन्, ‘नकारात्मक प्रचारले मात्र चर्चा पाइन्छ भन्ने सोच छ, तर यसरी देश बन्दैन ।’

गैरआवासीय नेपालीहरूलाई एकताबद्ध भएर साझा एजेन्डामा लाग्न आग्रह गर्दै उनले एनआरएनए महाधिवेशन सहमतिबाट सम्पन्न गरिएको बताइन् । मन्त्री राणाले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालको विकासमा लगाउन पनि आग्रह गरिन् ।

उनले परराष्ट्र मन्त्रालयमा नेपाली डायस्पोरा र आर्थिक कूटनीतिसम्बन्धी छुट्टै महाशाखा स्थापना गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम अघि बढाइएको जानकारी दिँदै, यसका लागि सबै नेपालीको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा