अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ। बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनीहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।

गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो। रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए । संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई ‘यहूदी विरोधी आतंकवादको घृणित कार्य’ भनेर वर्णन गरेका छन्। यस घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। मुख्य सडकहरू बन्द गरिएका छन्। स्थानीय सञ्चारमाध्यमले पीडितहरूको पहिचान एक पुरुष र एक महिलाको रूपमा गरिएको बताएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा