सुनको मूल्यमा पुनः उछाल, तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार एकैदिन तोलामा ५ हजार रुपैयाँले उकालो लागेको छापावाल सुन आज पुनः १ हजार ७ सय रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा निर्धारण गरिन्छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा