काठमाडौं । संघीय संसदका पाँच वटा समितिको बैठक आज सिंहदरबारस्थित संसद सचिवालयमा बस्दैछन् ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ७ः३० बजे सुरु हुनेछ, जसमा दुई उपसमितिका प्रतिवेदनहरू समिति समक्ष पेस गरिनेछ ।
अर्थ समितिको बैठक बिहान ११ः०० बजे सुरु हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन) विधेयक, २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिनेछ । सोही समय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि सुरु हुनेछ, जसमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । सो बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यसैगरी, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गरिने भएको छ ।

