एमालेलाई एकल बहुमत दिलाउन उत्पीडित समुदायसँग ओलीको आग्रह

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत दिलाउन उत्पीडित र जातीय समुदायहरूलाई सक्रिय सहयोग गर्न आग्रह गरेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास, सुशासन र राष्ट्रिय स्वाधीनताको पक्षमा एमाले निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिए। उनले एकल बहुमतको लक्ष्य कठिन भए पनि सम्भव रहेको दाबी गरे।

ओलीले समानुपातिक प्रणालीकै सीमाभित्र रही एमालेलाई एकल बहुमतमा पुर्‍याउने अभियानमा लाग्नुपर्ने बताए। उनले राष्ट्रहित, सुशासन र स्थायित्वका लागि अराजकतावाद र भ्रम फैलाउने गतिविधिको प्रतिकार गर्नुपर्नेमा पनि जोड दिए।

महाधिवेशनले मुक्ति समाजको नयाँ नेतृत्व चयन गर्नेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा