प्रतिनिधिसभाबाट जलस्रोत विधेयक बहुमतले पारित

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए।

छलफलपछि विधेयक पारित भएको हो। मन्त्री खड्काले विधेयकले जलको प्रयोग, सदुपयोग, संरक्षण र न्यायोचित बाँडफाँटका विषयमा केन्द्रित रहने बताए। उनका अनुसार विधेयकले सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिनेछ।

खड्काले सबै नदीको क्षमता र संरक्षणको उपायसमेत विधेयकमा समेटिएको जनाउँदै तीनै तहका सरकारका अधिकार सुनिश्चित गरिएको जानकारी दिए। साथै, विधेयक पारित भएसँगै आयोगले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्नेछ।

छलफलमा सांसद दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारीलगायतले धारणा राखेका थिए। प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्नेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा