सभापति ईन्द्रबहादुर बानियाँद्वारा शिक्षक आन्दोलनमा ऐक्यवद्धता, शिक्षा ऐन जारी गर्न सरकारसँग आग्रह

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ऐक्यवद्धता जनाएको छ।

केही दिनदेखि काठमाडौंमा जारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीले सरकारसँग विगतमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयन नगरेको, शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाको प्रवन्धका लागि ऐन ल्याउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

शिक्षक महासंघका जायज माग र विगतका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कांग्रेस बागमती प्रदेशले नेपाल सरकारसँग वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेको छ।

“शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो,” नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शिक्षक महासंघले उठाएका जायज मागहरू तत्काल वार्ताबाट समाधान गर्न हामी नेपाल सरकारसँग हार्दिक अपिल गर्दछौं।”

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा