कुलमान घिसिङलाई अहिले हटाउनु गलत : डा. भट्टराई

दाङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिले हटाउनु उचित नहुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल, दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले घिसिङले राम्रो काम गरिरहेको उल्लेख गर्दै, आफू सरकारमा भएको भए कार्यकाल पूरा गर्न दिने बताएका हुन्। “म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि मात्र बिदाइ गर्थें,” उनले भने।

भट्टराईले राज्यका अर्धस्वायत्त निकायहरूमा दलीय हस्तक्षेप गर्नु गलत भएको भन्दै, आफू सरकारको नेतृत्वमा रहँदा त्यस्तो हस्तक्षेप रोक्न निर्देशन बोर्ड बनाएको स्मरण गराए। उनले पछिल्लो समय त्यस्तो बोर्ड भत्किएको र चरम दलीय हस्तक्षेप बढेको टिप्पणी गरे।

कुलमान घिसिङको बिदाइको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने भन्दै भट्टराईले नेपालको राजनीति अहिले गम्भीर संकटमा रहेको धारणा पनि व्यक्त गरे। उनले राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था आवश्यक रहेको बताए।

राजतन्त्र पुनःस्थापनाका मागसहित भइरहेको प्रदर्शनबारे प्रतिक्रिया दिंदै उनले राजतन्त्र अब भूत बनेको टिप्पणी गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा