नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा, आत्मनिर्भरतातर्फ महत्त्वपूर्ण कदम

काठमाडौँ — आईएमई ग्रुपको लगानीमा महोत्तरीको गौशालामा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको उद्घाटन गर्नुभयो।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र वातावरणमैत्री क्याल्सियम कार्बाेनेट उत्पादनको अवलोकन गर्नुभयो। २ अर्ब रुपैयाँको लगानीमा स्थापित यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइका लागि उपयुक्त कागज उत्पादन गर्नेछ।

उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी–किताबका लागि आवश्यक कागज उत्पादन थालेको छ। यसले आन्तरिक बजारको माग पूरा गर्दै पाठ्यपुस्तक छपाइमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उद्योग नेपाललाई आत्मनिर्भर बनाउने अभियानको महत्वपूर्ण हिस्सा रहेको बताउनुभयो। उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढीलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा हजारौँलाई अवसर सिर्जना गरेको छ।

उद्योग सञ्चालनसँगै नेपालमा कागज उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा ठूलो प्रगति हुने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा