नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बदल्ने कुनै योजना नभएको बताएका छन्। आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “सरकार जति टिक्छ, त्यति नै हाम्रो पार्टीलाई फाइदा हुन्छ। सरकारका क्रियाकलापले जनतालाई बुझ्न सजिलो बनाएको छ।”
प्रचण्डले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको र त्यसको पास हुने संभावना कम रहेको बताए। उनले थपे, “हामी जनताको बीचमा गएका छौं र जनताको समस्यामा ध्यान दिन्छौं।”
उनले माओवादी, तराई-मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्धलाई जीवन्त बनाउँदै राष्ट्रिय एकता मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

