नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन फागुन २६ गते धनगढीमा

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र संगठन सुदृढीकरणको उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

सभापति बलायरका अनुसार, सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता तथा त्यसले उत्पन्न गरेका समस्याबारे बृहत् छलफल गर्नेछ । साथै, तीनै तहका सरकारलाई आवश्यक सुझाव दिने लक्ष्य रहेको छ ।

यस्तै, सम्मेलनपछि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रममा करिब एक सय अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा