मछिन्द्रले एएफसी कपको छनोटमा भुटानको पारो एफसीसँग खेल्ने

सहिद स्मारक ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ। 

छनोट खेल आगामी अगस्ट ८ मा हुने एसियाली फुटबल महासंघले जनाएको छ।

यसअघि गत वर्ष एएफसी कपको छनोटअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २–० गोलको हार बेहोरेको थियो।

मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएपछि प्रतियोगितामा सहभागी हुन बाटो खुलेको थियो। 

यो संस्करणको लिग विजेता चर्च ब्वाइज क्लबसँग एएफसी लाइसेन्स नभएका कारण उपविजेता मछिन्द्रले एएफसी कपको छनोट खेल्न लागेको हो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा