एसकेसी र बलर्सलाई ऋत कप

काठमाडौं – एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइजतर्फ र बलर्स गल्र्सतर्फ च्याम्पियन बनेका हुन् ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइजतर्फको फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० अंकले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले पाँच अंक जोडे । उक्त स्पर्धामा डीयूबीएचले टुख्यालाई ६–५ अंकले हराउदै तेश्रो भयो ।

गल्र्सतर्फको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५–२ अंकले पाखा लगायो । बलर्सकी पेमा डोमा शेर्पाले तीन अंक जोडिन् । कथालयले राजधानीमाथि ११–५ अंकको जित दर्ता गर्दै तेश्रो बन्यो । शीर्ष तीन स्थान हात पार्ने टोलीलाई नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो ।

विजेताले सात हजार नगद पुरस्कारसहित सतप्रतिशत प्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेतालाई पाँच हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । तेश्रो हुने टोलीका खेलाडीले तीन हजार पाँच सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति पाए ।

ब्वाइजतर्फ एसकेसीका सौगात खत्री र गल्र्सतर्फ पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई सतप्रतिशत छात्रवृत्ति प्रदान गरियो । विजेता टोली र खेलाडीलाई ऋतका निर्देशक राजेन्द्र केसी, प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले पुरस्कार वितरण गरे । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा