युथ ओपन फाइभ के रनको तयारी पूरा

काठमाडौं – एथलेटिक्स परिवार नेपालको आयोजनामा शनिबार हुने ‘युथ ओपन फाइभ के रन’को सम्पूर्ण तयारी पूरा भएको छ । ‘चेतनशील युवा सशक्तिकरण’ भन्ने नारासहित आयोजित उक्त प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित देशका ४८ जिल्लाबाट तीन सय ८६ जना खेलाडीले नाम दर्ता गराएका छन् । सहभागी खेलाडीमध्ये एक सय ३२ जना महिला रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदकसहित २०/२० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुने खेलाडीले १० हजार र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । चौथो र पाँचौं हुनेले दुई÷दुई हजार र छैटौंदेखि १० औं स्थानसम्म आउने खेलाडीले जनही एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

दशरथ रंगशालाबाट सुरु हुने दौड सुन्धारा, वीर अस्पताल हुँदै केशलमहल पुग्नेछ । त्यसपछि नारायणहिटी संग्राहलयको दक्षिण गेट हुँदै घण्टाघर, भृकुटी मण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हँदै पुनः दशरथ रंगशालामा आएर समापन हुनेछ ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार, युवा खेलाडीलाई एक्सपोजर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन ‘प्रो स्पोर्टस प्रालि’ ले गर्नेछ । प्रतियोगितालाई काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स संघ, नेपाल इनभेष्टमेन्ट मेगा बैंंक, खेलपाटी, ईको प्यानल नेपाल, लुम्बिनी हेल्थकेयरलगायतले सहयोग गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा