जल विद्युत क्षेत्रमा सहयोग गर्न पूर्व परराष्ट मन्त्री खड्काको अष्ट्रीयालाई आग्रह

भीयना, अष्टिया
युरोप भ्रमणमा रहेका पूर्व परराष्ट मंत्री एवं संघीय सांसद डा. नारायण खडकाले अष्ट्रीयाका पूर्व राष्ट्रपति हाईन्ज फिसर संग उहाको कार्यकक्षमा भेंटवार्ता गरेका छन । भेटको अवसरमा दुई कार्यकाल राष्ट्रपति निर्वाचित फिसरले नेपाली काग्रेसका सस्थापक नेता एवं पूर्व प्रधानमंत्री वीपी कोइरालालाई त्यस समयका अष्ट्रियाका सोसलीष्ट पार्टीका अध्यक्ष एंव प्रधामन्त्रीले भीयना एयरपोर्ट वाट घरमा राखेको कुरा स्मरण गरे । भेटको अवसरमा डा. खडकाले वीपी कोईरालाको सरकारको समयमा स्थापित दुइ पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरण को संरक्षण मा सहयोग गर्न अनुरोध गरे । साथै सन १९९८ मा वन्द भएको अष्ट्रीयन एयरलाइंस लाई पून चालु गर्न अष्ट्रीयाको सरकारलाई अनुरोध गरी दिन पनि आग्रह गरेका छन । जवाफ मा पूर्व राष्ट्रपति फिसरले युक्रेनको संकट र युरोपीको सुरक्षा आदि विषयमा छलफल गरेका थिए । पूर्व राष्ट्रपतिले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाईएका विषयहरुमा आफ्नो सरकार संग अनुरोध गरी दिने आश्वासन दिए । भेंटवार्ता मा अष्ट्रीयाका लागि नेपालका राजदुत भरत रेग्मीको पनि सहभागिता थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा