राष्ट्रपतिद्वारा प्रक्रिया रेशमको पत्र गृहमै फिर्ता

प्रक्रिया सहित पेश गर्न भन्दै रेशम चौधरीको सजायाँ मिनाह गर्ने प्रस्ताव राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा नै फिर्ता गरिदिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै चौधरीले पठाएको पत्र गृहमन्त्रालयमा पठाएका हुन् ।

आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा