कोरिया जाने कामदारले प्रतिबन्धित बस्तु लगेमा प्रवेशमा प्रतिबन्ध लगाइने

काठमाडौँ – दक्षिण कोरियामा ईपीएस प्रणाली मार्फत भासा उत्तीर्ण गरेर जाने कामदारहरूले त्यहाँ लैजान प्रतिबन्धित गरिएका बस्तु लगेको भेटिएमा कोरिया प्रवेशमा प्रतिबन्ध लाग्न सक्ने भएको छ। बुधबार नेपाली श्रमिक कोरिया पठाउने नेपाल सरकारको आधिकारिक निकाय ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको सुचना जारी गर्दै कोरिया लैजान प्रतिबन्धित गरिएका बस्तु नलैजान आग्रह गरेको हो।

ईपीएस कोरिया शाखाले कोरिया लैजान प्रतिबन्धित गरिएका बस्तुहरुमा फलफुल, तरकारी एवं बिजबिजन मासुजन्य पदार्थ, अण्डाका साथै दुध र दुधबाट बनेका परिकारहरु रहेको जनाएको छ। यदि कोरिया जाने कामदारले उक्त प्रतिबन्धित बस्तु लगेको भेटिएको खण्डमा ५० हजार कोरियन वन तिर्नुपर्ने दण्डको व्यवस्था गरिएको शाखाले जनाएको छ।

यदि ५० हजार कोरियन वन भुक्तानी गर्न नसकेको अवस्थामा कोरिया प्रवेशमा प्रतिबन्ध समेत लगाउने शाखाले चेतावनी समेत दिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा