मन्त्री छान्न एकीकृत समाजवादीको आकस्मिक बैठक बस्दै

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएका छन् ।

बुधवार दिउँसो साढे १ बजे पार्टी कार्यालय आलोक नगरमा अध्यक्ष नेपालले सचिवालय बैठक बोलाएका हुन् ।

बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम मागेपछि अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएका हुन् । यसअघि हिजो बसेको एकीकृत समाजवादीको बैठकले मन्त्रालयको टुंगो लागे मात्र मन्त्रीको नाम दिने बताएको थियो ।

आजको बैठकले एक जना मात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय मागे पनि दुई मन्त्रालय मात्र दिन सकिने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा