सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा