कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क-कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन। भोलि बस्ने कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तको आधारमा मन्त्री बन्नेको नाम टुंगो लगाउने बुझिएको छ।

त्यसैगरी भोलि बस्ने कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुने आशा गरिएको बुझिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा