काठमाडौं-१ मा एक सय मतले राप्रपाका मिश्रको अग्रता

काठमाडौं– काठमाडौं १ को पछिल्लो मत परिणामअनुसार राप्रपाका रवीन्द्र मिश्र एक सय मतले अगाडि रहेका छन्। उनले २ हजार ४१३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। 

यस्तै दोस्रो स्थानमा रहेका कांग्रेसका प्रकाशमान सिंहले २ हजार ३०२ मत प्राप्त गरेका छन्। 

उक्त क्षेत्रमा एमालेका किरण पौडेल १ हजार ४ सय ४१ मतसहित तेस्रोमा छन् भने स्वतन्त्री पार्टीका पुकार बमले १३ सय ३७ मत प्राप्त गरेका छन्। यस्तै रमेश खरेलले १ हजार ४६ मत ल्याएका छन्। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा