१४ वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

काठमाडौं– काठमाडौंको सिनामंगलमा १४ वर्षीया छात्रामाथि बलात्कारको घटना सार्वजनिक भएको छ। बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्ने व्यक्ति ललितपुस्थित जावलाखोलमा रहेको एक कलेजका शिक्षक रहेको प्रहरीले जनाए पनि नाम भने सार्वजनिक गरेको छैन। ती शिक्षकले छात्रालाई ट्युसन पढाउने गरेको र सो क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ। 

पीडितले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरेर प्रहरी गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा