पहिरो खसेर बेनी-मालढुङ्गा सडक पहिरोले अवरुद्ध

पर्वत – बेनी-मालढुङ्गा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । आज (मंगलबार) बिहान पर्वतको मालढुङ्गा भन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुङ्गासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा