October 22, 2026, Thursday
KN hd tv

एमालेबाट पोखराको मेयरका इच्छुक सबैको नाम केन्द्रमा सिफारिस हुने

पोखरा– नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवार बन्न आकांक्षा देखाएका सबैको नाम केन्द्रमा सिफारिस हुने भएको छ।

मेयर पदको उम्मेदवार टुंग्याउन मतदान हुने भनिए पनि अन्तिममा आएर सर्वसम्मतिबाटै उम्मेदवार टुंग्याउनुपर्ने ‘समझदारी’ जुटेपछि आकांक्षी सबैको नाम पार्टी केन्द्रमा सिफारिस हुने भएको हो।  

एमालेको पोखरा महानगर कमिटीले शुक्रबार आकाक्षींबीच मतदान गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेको थियो। 

एमालेबाट पोखरा महानगरमा ११ जना भन्दा बढीले महानगरको प्रमुखमा आकांक्षा देखाएका छन्। 

अन्तिम समयमा आएर मतदानमा जानुभन्दा सर्वसम्मत रुपमा सबै आकांक्षीको नाम सिफारिस गर्ने समझदारी जुटेपछि भएपछि मतदानको प्रक्रिया स्थगित भएको जनाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको