युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण, ३५ को मृत्यु, १३४ घाइते, जेलेन्स्कीद्दारा ‘कालो दिन’ घोषणा

किभ – पोल्याण्डसँगको सीमा नजिकै रहेको युक्रेनको सैन्य क्याम्पमा रुसले आक्रमण गरेको छ । आइतबार पोल्याण्डको सीमाभन्दा २५ किलामिटर दूरीमा रहेको सैन्य क्याम्पमा हवाई आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हवाई आक्रमणको निन्दा गर्दै यसलाई ‘कालो दिन’ को रुपमा चित्रण गरेका छन् । उक्त आक्रमणमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जेलेन्स्कीले बताएका छन् ।

उनले यो क्याम्पमा आक्रमण हुनु भनेको पश्चिमा मुलुकलाई रुसको स्पष्ट चुनौती रहेको पनि बताएका छन् । उनले अब कहिले अमेरिकी सैन्य गठबन्धन नेटोको भूमिमा रुसी मिसाइल खस्छ भन्ने हेर्न मात्र बाँकी रहेको उल्लेख गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा