प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा गठबन्धनका विरुद्ध नबोल्न नेताहरुलाई निर्देशन दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा देउवाले कांग्रेस राम्रो हो र यसले जनताको पक्षमा काम गर्छ भन्ने ढंगबाट प्रचार गर्न नेताहरुलाई भनेका छन् । उनले गठबन्धन बिना निर्वाचन लड्दा के हुन्छ भन्ने अघिल्लो निर्वाचनहरुले नै देखाईसकेको भन्दै गठबन्धनका विरुद्ध चुनावी अभियानहरुमा नबोल्न निर्देशन दिएका हुन् । उनले स्थानिय तहको निर्वाचनमा पनि गठबन्धन हुने प्रष्ट संकेत गरेका छन् । ‘गठबन्धन बिनाको निर्वाचन हामीले हेरी सकेका छौं, गठबन्धनका दलका नेताहरुलाई नचिढ्याउने गरी अभियान संचालन गर्नुहोला ।’ देउवाले भने । ‘जनतालाई पार्टीले गरेकका सबै काम भन्नुस् ।’
गठबन्धनका विरुद्ध नबोल्न प्रधानमन्त्री देउवाको निर्देशन
