नेपाल दाहाल र देउवाबिच भेटवार्ता : स्थानीय निर्वाचनका विषयमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ। 

शुक्रबार बिहान बालुवाटारमा तीन नेताबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘उहाँहरूबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनका विषयमा समीक्षा भयो। त्यसपछि गर्ने भनिएको स्थानीयसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा पनि छलफल भयो’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘तर, तीन तहको निर्वाचन कसरी र कहिले गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुगिएको छैन।’ 

गठबन्धनमा सहभागी कांग्रेसबाहेक दलहरु संघीय र प्रदेशको चुनाव पहिला गरेर मात्रै स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छन्। कांग्रेस भने त्यस विषयमा कुनै निष्कर्षमा पुगिसकेको छैन। एमालेले भने वैशाखमै स्थानीय तहको चुनाव हुनुपर्ने डान राख्दै आएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा