सत्तारुढ दल निर्वाचनका लागि तयार नभएको आरोप लाग्न थालेपछि सरकारले निर्वाचनको मिति घोषणा तयारी थालेको छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको महत्वपुर्ण घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । सो क्रममा देउवा र दाहालबीच मंगलबार सरकार संचालनको बारेमा समन्वय गर्न बनेको समितिको बैठक गरेर यस बारे दृष्टीकोण तय गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तोक्ने तयारीका साथ नै केही नियुक्तिहरु समेत तत्काल गर्न खोजेका छन् । निर्वाचन आयोगले २०७९ बैशाखमा स्थानिय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
बैशाखमै स्थानिय तहको निर्वाचन
Previous article
Next article
