११६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८३ कोरोना संक्रमितको आईसीयूमा र २३ को भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६० जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा छन् ।

सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा