काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मत गणना शुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मत गणना शुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
तीन स्थानमा मतगणना गरिंदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने समितिले जानकारी दिएको छ । महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुई जना निर्वाचित हुनेछन् । नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत, प्रदीप पौडेल र राजाराम कार्की प्रतिष्पर्धामा छन् ।
पदाधिकारीको मत गणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने यसअघि निणर्य नै भएको थियो । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४,६७९ मत खसेको छ । कांग्रेसमा यस पटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

