टिकटक स्टार रियालिटी शो हुने

टेलिभिजन रियालिटी शो ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ हुने भएको छ। शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोमा अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिनेछ। 

कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती र बर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने विश्वासले शोको निणर्यक हुन आफुहरु तयार भएको उनीहरुको भनाई छ । प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ। सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित भएका छन् ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेृटफर्म बनाउंन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए। गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्तसम्म आव्हान गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा