पहिलो पटक नेपालमा माउन्टेन गाईडको ‘ब्रिज कोर्स’ सुरु

काठमाडौं । नेपालमा पहिलो पटक माउन्टेन गाईड सर्टिफिकेसनको इन्टरनेसनल्ली ‘ब्रिज कोर्स’ सुरु भएको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजिए) ले नेपालमा पहिलोपटक माउन्टेन गाईड सर्टिफिकेसनको ब्रिज कोर्सको सुरुवात गरेको हो । सन् २००५ मा स्थापना भएको संघले सन् २०१२ मा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइट एसोसिएसन (आइएफएमजिए) को सदस्यता प्राप्त गरेको थियो 

आइएफएमजिएको सदस्यता पाएको संघले माउन्टेन, आस्पिसन्ट गाइड तालिम पहिलो, दोस्रो र तेस्रो गरि तीन चरणमा तालिम प्रदान गर्दै आएको थियो ।

हाल पहिलोपटक सुरु गरिएको ब्रिज कोर्समा तीन जनाले सहभागिता जनाएका छन् । तालिममा नेपालबाट त्सेवाङ नामग्याल, भारतबाट कर्ण आदित्य कौसिक र दार्जिलिङबाट मिन्जुर दोर्जे शेर्पा सहभागी छन् ।

प्रशिक्षकतर्फ प्रमुख प्रशिक्षकका रुपमा निरेन शाही र रितेन जाङ्बु शेर्पा रहेका छन् । तालिम मनाङ जिल्लाको ५ हजार उचाइमा रहेको काङलाममा हुनेछ ।

तालिममा सहभागी भएका उनीहरुलाई सबैलाई संघका महासचिव छिरिङ् जाङ्बु शेर्पाले बिहीबार शुभकामनासहित बिदाइ गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा