शक्ति देखाउन चीनले पठायो १९ लडाकु विमान

काठमाडौं- ११ देशको प्यासिफिक ट्रेड ग्रुपमा सदस्यताको आवेदन दिने ताइवानको घोषणापछि चीनले बिहीबार आफ्नो शक्ति  प्रदर्शन गर्दै त्यसतर्फ १९ लडाकु विमान पठाएको छ। चीनले पनि प्यासिफिक ट्रेड ग्रुपको सदस्यता लिन आवेदन दिएको छ। 

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ विमानको जवाफमा आफ्नो ‍एयर पेट्रोल फोर्सलाई तैनाथ गरेको र ति बिमानले चिनियाँ विमानलाई पिछा गरेको बताएको छ। चिनियाँ लडाकु विमानमा १२ जे- १६ र दुई जे -११ विमान थिए। साथै चीनले पठाएको लडाकु विमानको समूहमा केही वम वर्षक विमान र एक पान्डुबी विध्वंसक विमान थियो। गत सालपछि चीनले लगभग हरेक दिन ताइवान तर्फ लडाकु विमान पठाउने गरेको छ।

ताइवानद्वारा उठाइएको कुनै पनि राजनीतिक कदमलाई चीनले आफ्नो संप्रभुताको अतिक्रमण मानेको खण्डमा त्यसतर्फ यस्तो कारबाही जारी राख्ने गरेको छ। यसलाई ताइवानमाथि सैनिक दबाव बनाउने चीनको प्रयासको रुपमा हेर्ने गरिएको छ। 

ताइवानले बिहीबार  ‘कन्प्रिहेन्सिव एण्ड प्रोग्रेसिव एग्रीमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरशिप’ (सीपीटीपीपी) को सदस्यताका लागि आवेदन दिएको छ। उसको यो कदमपछि चीनसँग उनको टकराव बढ्ने आशंका गरिएको थियो। 

सीपीटीपीपी एशिया-प्रशान्त क्षेत्रको एक प्रमुख व्यापारिक समझौता हो। चीनले केही दिन पहिला नै यस संगठनको सदस्यताका लागि आवेदन दिएको थियो। अब ताइवान पनि यस संगठनको सदस्यता चाहिरहेको छ। 

तर सीपीटीपीपीको सदस्यता चीनले पहिला पाएको खण्डमा ताइवान यसको सदस्य बन्ने सम्भावना खतरामा पर्ने बीबीसीले जनाएको छ। 

बिहीबार ताइवानका चीफ ट्रेड मध्यस्थताकर्ता जोन डेंगले पत्रकारहरुसँग चीनले सीपीटीपीपीमा पहिला सहभागीता पाए  ताइवानलाई यसको सदस्यता लिन समस्या पर्ने बताए। सीपीटीपीपीमा कुनै नयाँ देश सहभागी हुनका लागि सबै ११ सदस्य राष्ट्रको सहमति आवश्यक पर्छ। 

जापानले भने सीपीटीपीपीको सदस्यताका लागि ताइवानको आवेदनलाई स्वागत गरेको छ।

ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दै आएको छ। तर, चीन उसलाई आफ्नो हिस्सा बताउँछ। ताइवान र चीनबीच १९४९ को गृहयुद्धपछि यस्तो स्थिति बनेको छ। कुनै अन्तरराष्ट्रीय संगठनको हिस्सा बन्ने ताइवानको प्रयासलाई चीनले सधैं बिरोध गर्दै आएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा